शुक्रबार बेलुकीदेखि सञ्चार सेवा अवरुद्ध

३ बर्ष अघि

२0७७ माघ ४ आईतवार

शुक्रबार  बेलुकीदेखि सञ्चार सेवा अवरुद्ध

दृष्टिकोण समाचार माघ ४ दार्चुला । दार्चुला र बैतडीमा शुक्रबार बेलुकीदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । बैतडीको सतबाँझ नजिकै स्थानीयले हसिँयाले फाइबर लाईन काटिदिएपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।मोवाइल फोन र इन्टरनेट सेवाले काम गर्न छोडेपछि सदरमुकाम आसपासका स्थानीय समस्यामा परेका छन् । मौसममा बद्लीहुने वित्तिकै अवरुद्ध हुने दार्चुलाको सञ्चार सेवा शनिबारसम्म साझसम्म आएको छैन् । फोन र इन्टरनेट नचल्दा सर्वसाधारणमा समस्यामा परेका छन् । शनिबार भएको कारण कार्यालयको कामकाज प्रभावित नबनेपनि व्यक्तिगत तथा प्राइभेट कामकाज ठप्प रहेको छ । खलंगाका स्थानीय केेेशव विष्टले पटक पटक टेलिफोन सम्पर्क गर्दा पनि फोनमा कुरा हुनै पाएन् । लगातार फोन गरेपछि फोन त जान्छ, तर आवाज सुनिदैन् । फोनको समस्या कारण दिनभरी काम गर्नै समस्या भएको उहाँले बताउनुभयो ।  धेरै पटक एउटै नम्बर डायल गरेमात्रै फोनको घण्टी जाने गर्छ । तर त्यो पनि आवाज सुन्न सकिने अवस्था छैन् । टेलिफोन र इन्टरनेट सेवाले काम नगर्दा व्याक्तिगत कामका साथै सरकारी, संघसंस्था र सञ्चारमाध्यमहरु समस्यामा परेका छन् ।  बैतडी सतबाज क्षेत्रमा नेपाल टेलिकमको लाईन हसियाले काटेर फोन तथा नेट सेवा अवरुद्ध भएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो । हसियाँले तार काटिदिएको रहेछ, उहाँले भन्नुभयो । फाइबर लाईन काटिएपछि समस्या भएको हो । आइतबार साझ सम्म फोन लाईन र इन्टरनेट सुचारु हुने उहाँको भनाई छ ।