विहीबार माघे संक्रान्ति नरहरी पर्व मनाइदै

३ बर्ष अघि

२0७७ माघ १ बिहीबार

विहीबार माघे संक्रान्ति नरहरी पर्व मनाइदै

दृष्टिकोण समाचार माघ १ दार्चुला । विहीबार माघ १ गते माघे संक्रान्ती तथा नरहरी पर्व मनाइदै छ । हरेक वर्षको माघ १ गते दार्चुला लगायत सुदूरपश्चिम प्रदेशमा नरहरी पर्वका नामले यो वर्ष मनाउने चलन छ । माघ १ गतेका दिन बिहानै नजिकका तीर्थ स्थल नदी, तलाउ, पोखरी तथा धारामा गई स्नान गर्ने चलन छ । बिहानै स्नान गरी पुष महिनामा पकाएको सेलरोटी तथा तरुल माघ १ गतेका दिन अर्थात् विहीबारकै दिन कागलाई दिने चलन छ । कागलाई सेलरोटी दिने बेला ‘पुषको पाक्य माघमा खाक्य’ भन्दै काम बोलाउने चलन छ । पुष समान्तका दिन पाकाएको सेल रोटी तथा तरुल दोस्रो दिन माघ १ गते नरहरी पर्वका दिन कागलाई दिने चलन रही आएको छ । माघ महिनालाई धर्म गर्ने महिनाको रुपमा समेत लिइन्छ । माघ महिनामा हत्या हिंसा गर्न नहुने भन्दै यो महिना भरी मासुका परिकारलाई बार्ने चल समेत छ । माघ १ गतेका दिन देशभरी विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार मनाउने चलन छ । सुदूरपश्चिम प्रदेशमा माघ १ गतेका दिनलाई नरहरीका नामले मनाउने चलन छ भने देशका अन्य विभिन्न जिल्लामा माघी पर्वका नामले पनि यो पर्व मनाउने चलन छ ।
नेपाल सरकारले माघे संक्रान्तीको अवसरमा माघ १ गते देशभर सार्वजनिक बिदा दिइएको छ । नेपाल सरकारले माघ १ गते देशभरका सरकारी निकाय, संघ संस्था, विदेश स्थित नेपाली नियोगहरुमा सार्वजनिक बिदा दिएको हो । नेपाल सरकारको मन्त्रिपरिषदको पुष २६ गतेको निर्णयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।