संवैधानिक इजलासमा न्यायाधीश कार्कीको ठाउँमा सपना प्रधान मल्ल

३ बर्ष अघि

२0७७ पुष २९ बुधबार

संवैधानिक इजलासमा न्यायाधीश कार्कीको ठाउँमा सपना प्रधान मल्ल

काठमाण्डौ पौष २९ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ललाई राख्नुभएको छ । यसअघि न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधीशले कार्कीको ठाउँमा मल्ललाई राख्नुभएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने १३ जनामध्ये ११ जनाले बृहत पूर्ण इजलासमा सुनुवाइको माग गरेका थिए । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेका अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ । यही १० पुस गते अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश भैसकेको छ ।