भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

३ बर्ष अघि

२0७७ पुष २९ बुधबार

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

काठमाडौँ पौष २९ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ । बुधबार बिहानको तथ्यांक अनुसार एकैदिन १४ हजार ८ सय ९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८ सय ११ पुगेको हो । अहिलेसम्म भारतमा १ लाख ५१ हजार ५ सय ४२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १ सय ७८ संक्रमितको मृत्यु भएको छ । अहिले २ लाख १६ हजार ३ सय ५६ मा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ८ हजार ९ सय ४४ को अवस्था गम्भीर छ । अहिलेसम्म भारतमा १ करोड १ लाख २६ हजार ९ सय १३ ले कोरोनालाई जितेका छन् । संक्रमित मूलुकको सूचीमा भारत अमेरिकापछि दोस्रो नम्बरमा छ ।