अमेरिकामा २ करोड ३३ लाख जनामा कोरोना संक्रमण

३ बर्ष अघि

२0७७ पुष २९ बुधबार

अमेरिकामा २ करोड ३३ लाख जनामा कोरोना संक्रमण

काठमाडौँ पौष २९ । अमेरिकामा २ करोड ३३ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २२ हजार १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६ सय ५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ३३ लाख ६८ हजार २ सय २५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३८ लाख १६ हजार २८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९१ लाख ६२ हजार ५९८ जनामध्ये २९ हजार २ सय २२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार २ सय ५९ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८९ हजार ५ सय ९९ पुगेको छ ।