जीप दुर्घटना हुदाँ दुई जना घाइते

३ बर्ष अघि

२0७७ पुष २९ बुधबार

जीप दुर्घटना हुदाँ दुई जना घाइते

दृष्टिकोण समाचार पौष २९ दार्चुला ।  दार्चुला जिल्लाको मार्मा गाउँपालिका—२ घट्टे गाड नजिक जीप दुर्घटना हुदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मार्मा गाउँपालिका वडा नम्बर ३ बस्ने चालक आन्दाजी १८ वर्षीय भुवन धामी र बैतडी जिल्ला डिलाशैनी गाउँपालिका वडा नम्बर १  बस्ने अन्दाजी १८ वर्षीया लक्ष्मी धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । उनका अनुसार लटिनाथबाट सेलबिसा जादै गरेको म १ ज ३२४ नम्बरको जीप आज बिहान करिब ७ बजेतिर दुर्घटना भएको हो । घाइतेको ढाड र टाउकोमा चोट लागेको उनले बताए । जीप सडकदेखि करिब १२० मिटर तल चमेलिया नदि किनारमा खसेको प्रहरी निरीक्षक चन्दले बताउनु भयो । घाईतेको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।