सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो

३ बर्ष अघि

२0७७ पुष २८ मंगलवार

सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो

 काठमाण्डौ पौष २८ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । हिजो तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा झरेको सुन भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।