शिक्षा क्षेत्रमा भएको लगानीको प्रतिफल खोज्नु आवश्यक ः अध्यक्ष धामी 

३ बर्ष अघि

२0७७ पुष २८ मंगलवार

शिक्षा क्षेत्रमा भएको लगानीको प्रतिफल खोज्नु आवश्यक ः अध्यक्ष धामी 

दृष्टिकोण समाचार पौष २८ दार्चुला ।  दार्चुला जिल्लामा शिक्षा क्षेत्रमा तीनवता सरकार र गैसरसरकारी क्षेत्रले थुप्रै लगानी गरेको भएपनि प्रतिफल सोचे जस्तो नभएको मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्र सिह धामीको भनाई छ ।  मंगलबार बार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रमा बोल्दै मालिकार्जुन गाँउपालिका अध्यक्ष धामीले उक्त कुरामा जोड दिएका हुन । सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको शैक्षिक विकास र गुणस्थरिय शिक्षा प्रदान गर्न निशल्क पाठ्यपुस्तहरु वितरण , विद्यालय पोषाक , कापि,कलम लगाय आय आर्जनका क्षेत्रमा शिक्षा क्षेत्रमा थुप्रै लगानी भईरहेकाले अवका दिनमा त्यस्को प्रतिफल पनि देखिनु आवश्यक रहेको अध्यक्ष धामीको भनाई छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा संकल्प दार्चुला र सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाको प्राविधिक सहयोगमा सहयोगमा आर्थिक बर्ष २०७७–७८ मा मालिकार्जुन गाँउपालिका र महाकाली नगरपालिकामा शिक्षा सरसफई र आयआर्जनका क्षेत्रमा काम गरिरहेको छ । कोरोना महामारीका कारण सोचेजस्तो काम गर्न नसकिएपनि २०२० मा  १ करोड ७५ लाख खर्च गरिएको र आगामी दिनमा पनि शिक्षा, सरसफई तथा जिविको पार्जनमा नयाँ रणनितिक कार्ययोजनाका साँथ कामगर्ने गुड नेवर्स ईन्टरनेशनल दार्चुलाका संयोजक नारायण प्रशाद चौधरीले जानकारी दिनु भयो । कार्यक्रममा महाकाली नगरपालिका नगर प्रमुख हंषराज भट्ट, मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्र सिह धामी लगायत वडा अध्यक्ष र शिक्षा क्षेत्रमा कामगर्ने व्यतिmत्वहरुको सहभागिता रहेको थियो ।