कन्चनपुरमा दशगजा क्षेत्र मिचेर धमाधम सडक विस्तार गर्दै भारत

६ बर्ष अघि

२0७५ श्रावण २१ सोमबार

कन्चनपुरमा दशगजा क्षेत्र मिचेर धमाधम सडक विस्तार गर्दै भारत

,

     दृष्टीकोण समाचार,साउन २१ । कन्चनपुरमा भारतीय पक्षले नेपाली भूमि मिचेर दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको छ ।भीमदत्त नगपालिका–९, ब्रह्मदेव क्षेत्रमा भारतीय पक्षले दशगजा मिचेर सडक विस्तार गरेको हो ।सो क्षेत्रमा पर्ने ३ नम्बर सीमास्तम्भ हराएकाले दुवै पक्षले महाकाली नदीको बाँधलाई दशागजा क्षेत्र मान्दै आएका छन् ।तर, भारतीय पक्षले नेपाली भूमि मिचर सडक विस्तारको काम गरिरहेको स्थानीयको आरोप छ ।नेपाल–भारत सीमास्तम्भ नदीको बीच भागमा थियो । महाकाली नदीमा आउने बाढीले स्तम्भ बगाएपछि अहिले त्यस क्षेत्रमा पटक–पटक भारतीय पक्षले हस्तक्षेप गर्दै आएको छ ।भारतीय पक्षले दशगजा मिचेर सडक विस्तार गरिरहेकोबारेमा स्थानीय प्रशासन र माथिल्लो निकायलाई खबर गरे पनि सुनुवाइ नभएको स्थानीय बताउँछन् ।कन्चनपुरका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्चपदस्थ कर्मचारीले सो क्षेत्रको अवलोकन गरेपनि त्यसबारे भने कुनै प्रतिक्रिया दिएका छैनन् ।यसअघि, नेपाली पक्षले आफ्नो भूमिमा सडक बनाउँदा भारतीय पक्षले पटक–पटक हस्तक्षेप गर्दै आएको थियो ।