छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

३ बर्ष अघि

२0७७ पुष २८ मंगलवार

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

काठमाण्डौ पौष २८ । काठमाण्डौको प्रदर्शनी मार्गमा रहेको रत्नराज्य आरआर लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु आचार्य यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । एक छात्राले आफूमाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । पक्राउ परेका आचार्यविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ । प्राध्यापक आचार्यले छात्रालाई यौनजन्य सन्देश पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।