जिल्लाको विकासमा यो पार्टी त्यो पार्टी नभनी विकास गर्न  मन्त्री ठगुन्नाको भनाई ।। 

३ बर्ष अघि

२0७७ पुष २७ सोमबार

जिल्लाको विकासमा यो पार्टी त्यो पार्टी नभनी विकास गर्न  मन्त्री ठगुन्नाको भनाई ।। 

दृष्टिकोण समाचार पुष २७ गते दार्चुला । दार्चुला जिल्लाको विकासमा पार्टीगत विभेद भन्दा पनि जनभावनाको कदर गरी काम गरेमा मात्रै जिल्लाको विकास हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिह ठगुन्नाले बताएका छन । सोमबार दार्चुलामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री ठगुन्नाले देशमा मौलादै गरेको भ्रष्टाचारको अन्त्य गर्दे हरेक नागरिकका समस्या समाधानमा अगाडी बढ्ने कुरा बताउनु भयो । गाँउको विकासका लागि आएको बजेट पार्टीका कार्यक्रता पाल्न होईन स्थानीय नागरिकहरुको जिवन स्थर सुधार गर्न आएको बजेट यो पार्टी त्यो पार्टी भन्नु भन्दा पनि जनभावनाको कदर गरि काम गर्न सबै जन–प्रतिनिधिलाई आग्रह गरेका छन । नेकपा दार्चुलाको आयोजना सञ्चालन गरिएको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य गेल्बुसिह बोहोराले दार्चुला जिल्लाको शिक्षा, स्वस्थ्य, कृषि, लगायतका क्षेत्रमा नब–निर्वाचित मन्त्रीज्युलाई अवगत भएकाले भुगोलका आधारमा दार्चुलाको विकासमा काम गर्न सहज हुने कुरामा जोड दिएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नालाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्री नियूक्त भएपछि पहिलो पटक शनिबार साँझ गृह जिल्ला दार्चुला पुगेका मन्त्री गणेश सिह ठगुन्नालार्ई बाजागाजा सहित स्थानीय , पार्टीका नेता कार्यक्रता तथा सर्वसाधारणले फुलमाला तथा खादा ओडाएर स्वागत गरेका छन ।