सुनको मुल्य प्रतितोलामा ८ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ पुष २७ सोमबार

सुनको मुल्य प्रतितोलामा ८ सय रुपैँयाले घट्यो

काठमाडौँ पुष २७ । सोमबार सुनको मुल्य प्रतितोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलामा ९३ हजार रुपैयाँ थियो ।चाँदी तोलामा ४० रुपैयाँले घटेको छ । आइतबार एक हजार २ सय ७० रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार २ सय ३० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।