बैतडीको झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना हुने 

३ बर्ष अघि

२0७७ पुष २७ सोमबार

बैतडीको झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना हुने 

बैतडी पुष २७ । बैतडीको झुलाघाट सीमानाकामा हेल्थ डेस्क स्थापना हुने भएको छ। सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापनाको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जनाएका छन् ।  चालु आर्थिक वर्षदेखि नै हेल्थडेस्क स्थापना हुने र यसको तयारी समेत अन्तिम चरणमा पुगेको उनले बताएका छन्। हेल्थ डेस्कबाट स्वास्थ्यचौकीस्तरका सेवा प्रदान गरिने बताइएको छ। हेल्थ डेस्कमा तत्कालका लागि एकजना हेल्थ असिष्टेन्ट र एकजना अनमी खटाउने तयारी भएको स्वास्थ्य प्रमुख भट्टले बताए।