अमेरिकामा २ करोड २९ लाख जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ पुष २७ सोमबार

अमेरिकामा २ करोड २९ लाख जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ पुष २७ । अमेरिकामा २ करोड २९ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख १३ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६ सय ५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड २९ लाख १७ हजार ३ सय ३४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३४ लाख ८३ हजार ४ सय ९० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९० लाख ५० हजार ५ सय ६९ जनामध्ये २८ हजार ९ सय ३१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७ सय ९२ कोरोना संक्रमितको मृत्यु भएको छ ।  सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८३ हजार २ सय ७५ पुगेको छ ।