माघे सङ्क्रान्तिको दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

३ बर्ष अघि

२0७७ पुष २६ आईतवार

माघे सङ्क्रान्तिको दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, २६ पुस । सरकारले माघ १ गते  बिहीबार माघे सङ्क्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै उहाँले माघी पर्वलाई सबैले मनाउने गरेको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो । माघे संक्रान्ती थारू जातिहरूको मात्र नभएर सबैको राष्ट्रिय पर्व भएकोले सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाईएको छ ।