कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउँछौँ ः प्रधानमन्त्री ओली

३ बर्ष अघि

२0७७ पुष २६ आईतवार

कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउँछौँ ः प्रधानमन्त्री ओली

काठमाडौँ पुष २६ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउने प्रतिबद्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले  छिटै कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने सरकारले तयारी गरिरहेको बताएका हुन्। राष्ट्रियसभामा सम्बोधनका क्रममा उनले नेपालमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन ल्याउने सरकारले तयारी तीव्र बनाएको बताएका छन् । ‘हामी कोरोनाको भ्याक्सिन ल्याउने तयारीमा छौँ। छिटै भ्याक्सिन ल्याउँछौं ।’ राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने । उनले जनताको जीवन सुरक्षा गर्ने यो सरकारको पहिलो कर्तव्य भएको पनि बताए ।