सुनको मूल्य प्रतितोलामा २ हजार ३ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ पुष २६ आईतवार

सुनको मूल्य प्रतितोलामा २ हजार ३ सय रुपैँयाले घट्यो

काठमाडौँ पुष २६ । आइतबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रूपैयाँले घटेको छ । छापावाला आज ९३ हजार रूपैयाँ कायम गरिएको छ । यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २७० रूपैयाँमा कारोवार भइरहेको छ ।