नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ पुष २६ आईतवार

नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ पुष २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालययले जनाएको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २२ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १७ पुगेको छ ।