विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो

३ बर्ष अघि

२0७७ पुष २६ आईतवार

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो

काठमाडौँ पुष २६ । विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८ सय ६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको हो । आइतबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ५४ हजार ७ सय ६८ पुगेको छ । यसमध्ये ६ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ५० हजारभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४४ लाख ५० हजार नाघेको छ । अहिलेसम्म १९ लाख ३३ हजार ५ सय ७५ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २ं.१४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।कुल संक्रमितको २६.२८ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ३६ लाख ७० हजार ३ सय ४६ छ । यसमध्ये १ लाख ८ हजार ५ सय २६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेको अमेरिकामा २ करोड २६ लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाख ८१ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।