प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेस दार्चुलाको प्रदर्शन

३ बर्ष अघि

२0७७ पुष २६ आईतवार

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेस दार्चुलाको प्रदर्शन

दृष्टिकोण समाचार पाैष २५ दार्चुला । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार  दार्चुला सहित देशव्यापी विरोध प्रदर्शन कार्यक्रम गरेको छ । दार्चुलाका प्रदेश सभा निर्वाचन क्षेत्र क र ख मा नेपाली काग्रेशले विरोध प्रदर्शन गरेको छ । सरकारले गरेको असंबैधानिक र अलोकतान्त्रीक कदमका विरुद्ध काग्रेश दार्चुलाले प्रदर्शनका साथै कोणसभाको आयोजना गरेको नेपाली काग्रेश दार्चुलाका सचिव हरक बिष्टले बताउनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर क स्थित खलंगामा नेपाली काग्रेश दार्चुलाका सभापती ललितसिंह बोहरासहित नेता, कार्यकर्ताहरुको उपस्थितिमा विरोध सभा र कोणसभाको आयोजना गरिएको उहाँले बताउनुभयो । यस्तै प्रदेशसभा क्षेत्र नम्बर ख मा शैल्यशिखर नगर समितिका सभापती रामदत्त जोशीको नेतृत्वमा गोकुलेश्वरमा विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरिएको नेबिसंघ दार्चुलाका सदस्य तथा बिपि अद्ययन प्रतिष्ठान दार्चुलाका महासचिब कृष्ण रावलले जानकारी दिनुभयो । विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको छ । सोही मुद्दालाई लिएर आज काँग्रेसले ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध कार्यक्रम गरेको जनाएको छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रपछि माघ ३ गते पालिका र माघ ८ मा वडा तह केन्द्रित विरोध प्रदर्शन गर्ने कार्यक्रम काँग्रेसको छ । यसअघि पुस १३ गते काँग्रेसले यीनै विषयमा १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित प्रदर्शन गरेको थियो । तर काँग्रेसको विरोध कार्यक्रमको उद्देश्य संसद पुनस्र्थापना भने बन्न सकेको देखिँदैन । सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वास कम छ । देउवाले निर्वाचनतिर नै बढी जोड दिइरहेको पाइन्छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले भने निर्वाचन र पुनःस्थापना दुवै नहुने खतारा औल्याइरहेको अवस्था छ ।