घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार 

३ बर्ष अघि

२0७७ पुष २४ शुक्रबार

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार 

काठमाडौँ पौष २४ ।  नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेको छ । छापावाला सुन बिहीबार प्रतितोला ९५ हजार ४०० रूपैयाँमा कारोबार भएकोमा आज ९५ हजार ३ सय रूपैयाँ कायम गरिएको छ । यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ८सय  रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि प्रतितोला एक हजार ३३० रूपैयाँमा कारोवार भइरहेको छ ।