धुवा मुक्त बनाउन ग्यास बितरण गदैँ,, व्यासँ गाउँपालिका

३ बर्ष अघि

२0७७ पुष २४ शुक्रबार

धुवा मुक्त बनाउन ग्यास बितरण गदैँ,, व्यासँ गाउँपालिका

दृष्टिकोण समाचार पौष २४ दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपाकिलाले धुवामुक्त ब्याँस कार्यक्रमका लागि सिलिण्डर वितरण गर्दै आएको छ । सो कार्यक्रम कार्यान्वयनका क्रममा गाउँपालिकाले बुधबारदेखि सुन्सेराको वडा नम्बर ४ टोलमा सिलिण्डर बितरण गरेको हो । त्यसैगरि  मडगाउका ७५ र डोकटका ६१ घरधुरीलाई निःशुल्क रुपमा सिलिण्डर वितरण गरिएको गाउँपालिका अध्यक्ष दिलिप बुढाथोकीले जानकारी दिनु भएको छ ।  बिहीबार गैर र मेलपाट टोलमा र शुक्रबार डोब पथरकोट टोलमा सिलिण्डर बितरण गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए । ब्याँस गाउँपालिकालाई कार्बनडाइ अक्साइड ग्यासमुक्त बनाउदै दाउरा संकलनको लागि हुने बनजंगल फँडानीको कार्यलाई न्युनीकरण गरि धुवामुक्त ब्याँस स्वच्छ ब्याँस बनाउने उदेश्यले गाउँपालिकाले धुवामुक्त ब्याँस अभियान संचालनमा ल्याएको व्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिनु भएको छ । ब्याँस गाउँपालिकाले हालसम्म धुवामुक्त व्याँसको लागि आ.व २०७५÷०७६ मा २५ लाख, आ.व २०७६÷०७७ मा ४० लाखका सिलिण्डर खरिद गरेको थियो । भने  चालु आ.व. २०७७÷०७८ को लागी सिलिण्डर खरिद गर्नका लागि गाउँपालिकाले  ४० लाखको टेण्डर आह्वान गरेको व्यास गाउँपालिकाले जनाएको छ । गत वर्ष मात्रै व्यासँ गाउँपालिकाले वडा नम्बर ४,५,६ का झण्डै १ हजार भन्दा बढिलाई ग्यास सिलिन्डर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।यदि कसैले अटेर गरेर ग्यास प्रयोग नगरेको पाईएमा गाउँपालिले अनुगमन गरि गाउँपालिकाबाट प्रदान हुने सबै सेवाबाट समेत बञ्चित गर्ने गाउँपालिकाले जनाएको छ । ग्यास प्रयोग गर्नथाले पछि स्थानीयबासीहरु भने खुसी भएका छन । पहिले पहिले दाउराबाट खान पकाउँदा धुवा हुने , खाना पनि ढिला पाक्ने समस्या भएपनि अहिले धुवा पनि नहुँने र समयमै खाना पकाउन सकिने स्थानीयबासीहरुले बताएका छन ।