सुनको भाउ एकैदिन १३ सय रुपैयाँले घट्यो

३ बर्ष अघि

२0७७ पुष २३ बिहीबार

सुनको भाउ एकैदिन १३ सय रुपैयाँले घट्यो

काठमाण्डौ पौष २३ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।