प्रहरीले गाउँ—गाउँमा महिला हिंसा निवारण अभियान चलाउँदै

६ बर्ष अघि

२0७५ श्रावण २१ सोमबार

प्रहरीले गाउँ—गाउँमा महिला हिंसा निवारण अभियान चलाउँदै

गणेशसिह धामी, साउन २१ शैल्यशिखर । पछिल्लो समय मुलुकमा महिला हिंसा तथा बालबालिका हिंसा बढिरहेकाले जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाईमा हिंसा विरुद्धको अभियान सुरु भएको छ । मादक पदार्थ सेवनका कारण समाजमा विभिन्न हिंसा बढिरहेकाले समाजको विकृति न्युनिकरणका लागि समाजका हरेक नागरिकले हातेमालो गरेर अगाडि बढनु अहिलेको आवस्यकता रहेको प्रहरीले बताएको छ । प्रहरी चौकिबाट ५० ठाउँमा ईलाकाप्रहरी चौकिबाट एक सय ठाउँमा र जिल्ला प्रहरी कार्यालबाट २ सय टोलहरुमा जनचेतना मुलक कार्यक्रमको आयोजना गर्ने र सन्देश मुलक प्रचा पम्पलेटहरु पनि वितरण गर्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकरी दिएका छ ।
लागु पदार्थ सेवन, बालविबाह, बहुविबाह, घरेलु हिंसा, महिला हिंसा रोक्ने उदेश्यले आज दार्चुला जिल्ला भरि रहेका प्रहरी युनिटहरुले बजार परिक्रमा गरि जनचेतनामुल कार्यक्रमको आयोजना गरेका छन । यसै बीच शैल्य शिखर नगरपालिका वडा नम्बर ६ पनेबाँजमा मालिकार्जुन प्रहरी चौकीबाट खटिएको प्रहरी नायव निरिक्षक उत्तरसिह धामीको टोलीले जनचेतना मुलक कार्यक्रम आयोजना गरेको शैल्यशिखर सहकर्मी गणेशसिह धामीले जानकारी दिनुभएको छ ।