कैलालीका थप एकजना कोरोना सङ्क्रमित पुरुषको मृत्यु, 

३ बर्ष अघि

२0७७ पुष २३ बिहीबार

कैलालीका थप एकजना कोरोना सङ्क्रमित पुरुषको मृत्यु, 

धनगडी पौष २३ । सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कैलालीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको हो । धनगढी उप–महानगरपालिकाको –४ का ७० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट बुधवार बेलुकी ५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पताले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत ७० वर्षीय कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिएका छन् । गम्भीर प्रकारको निमोनिया लिएर १९ गते अस्पताल आएका उनको आइसियुमा उपचार भइरहेको थियो । यो संगै सुदूरपश्चिममा कोराना कारण मृत्यु हुनेको संख्या ५२ पुगेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।