बैतडीको झुलाघाट नाका सोमबार र शुक्रबार खुल्ने

३ बर्ष अघि

२0७७ पुष २३ बिहीबार

बैतडीको झुलाघाट नाका सोमबार र शुक्रबार खुल्ने

बैतडी पौष २३।  बैतडीसंग जोडिएको झुलाघाट नाका केही खुकुलो बनाइएको छ । कोरोना भाईरसको जोखिमका कारण गएको चैतदेखि बन्द रहेको नाका केही खुकुलो बनाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाई सीमा नाकामा अत्यावश्यक काम परेकाहरुलाई आवतजावत गर्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । अत्यावश्यक काम परेकाहरुका लागि सोमबार र शुक्रबार हप्ताको दुई दिन नाकामा आवतजावत गर्न दिइएको उनले बताए ।  कामको प्रकृति सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने र जिल्ला प्रशासनको सिफारिशमा हप्ताको दुई दिन नाकाबाट आवतजावत गर्न दिने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । नेपाल सरकारका तर्फबाट नाका केही खुकुलो बनाउने परिपत्र भएपनि पछिल्लो समयमा कोरोना भाईरसको नयाँ प्रजाति देखिएकाले सतर्कता अपनाउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिनुभयो ।विवाह र मृत्यु संस्कारका हकमा भने जुनसुकै बेला पनि नाका खोल्न सकिने बताइएको छ । नाका बन्दकै कारण व्यापारबाट पलायन हुने अवस्था आएको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले बताउनु भयो ।