भारतमा थप २० हजारमा संक्रमण

३ बर्ष अघि

२0७७ पुष २३ बिहीबार

भारतमा थप २० हजारमा संक्रमण

काठमाडौँ पौष २३ । भारतमा थप २० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २० हजार ४६० जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख ९५ हजार ९३८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १६ हजार १६३ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५० हजार ३७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ३७२ पुगेको हो ।