दार्चुला जिल्लाको शैक्षिक बिकासमा विद्यालय सुधार,,एक आर्थिक बर्षमा मात्रै करिव १ करोड ७५ लाख खर्च

३ बर्ष अघि

२0७७ पुष २२ बुधबार

दार्चुला जिल्लाको शैक्षिक बिकासमा विद्यालय सुधार,,एक आर्थिक बर्षमा मात्रै करिव १ करोड ७५ लाख खर्च

दृष्टिकोण समाचार पौष २२ दार्चुला । दार्चुला जिल्लामा शिक्षा क्षेत्रको विकास र सुधारका लागि गैरसरकारी संस्थाले गरेको काम अतुलनिय रहेको स्थानीय सरकारहरुले बताएका छन । जिल्लाको मालिकार्जुन गाँउपालिका र महाकाली नगरपालिकामा शिक्षा क्षेत्रमा विभिन्न कृयाकलपहरु गरि शिक्षण सिकाईमा सुधार भएको हो । महाकाली नगरपालिकाको वडा नं.९ र मालिकार्जुन गाँउपालिका क्षेत्र भित्र रहेका आधारभुत विद्यालयहरु र मावि विद्यालयहरुमा शैक्षिक समाग्रीहरु वितरण , विद्यालय भुवन निमार्ण, स्वास्थ्य संस्थाहरुको स्थर उन्नती तथा सहकारीभवन निर्माणमा गुडनेभर ईन्टरनेसनल दार्चुलाले जनाएको छ । दार्चुला जिल्लाको मालिकार्जुन गाँउपालिकामा रहेका गरिबिको रेखामुनि रहेका बालकालिकाको शैक्षिक सुधारका लागि अलिहे काम गरिरहेको गुडनेभर ईन्टरनेस्नल नेपाल दार्चुलाका सयोजक नारायण प्रसाद चौधरीले बताउनु भयो ।  मालिकार्जुन गाँउपालिका क्षेत्रमा रहेका विद्यालयहरुमा छात्र छात्राहरलाई शैक्षिक सामाग्रीहरु वितरण गरेकोले शैक्षिक सुधारमा सहयोग पुगेको शंकरपुर माविका छात्रा जानकी टमटाले बताउनु भयो । विद्यालय भवन र सहकारी भवहरुमा पनि गुडनेभर ईन्टनेस्रल नेपाल दार्चुला र मालिकार्जुन गाँउपालिकाले सहयोग गरेकोमा शैक्षिक तथा आयआर्जनमा सुधार आउने  श्यमसिह सामन्तको भनाई रहेको छ । गरिब घरका बालबालीकाहरुको शिक्षण सिकाईमा पहिलेको भन्दा अहिले सुधार आएको र अभिभावकहरुका लागि सहकारी मार्फत आयआर्जनमा सहयोग पुग्ने भएकाले सहकारी क्षेत्रको पनि विस्तारमा तीनवटै तहको सरकारले हातेमालो गर्नु पनि आवश्यक रहेको मालिकार्जुन गाँउपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले बताउनु भयो । दार्चुला जिल्लाको शिक्षण सुधारमा पुर्वाधार विकास, शैक्षिक समाग्री खरीद, तालिमहरु सञ्चालन र विद्यार्थिहरुलाई पोसाक वितरण , सहकारी भवन निर्माण र स्वास्थ्य भवन निर्माण लगायका क्षेत्रमा कामगर्ने गरि आर्थिक बर्ष २०७७–७८ मा गुडनेभर ईन्टरनेस्नल नेपाल दार्चुलाले १ करोड ७५ लाख ८५ हजार ४ सय ३० रुपयाँ खर्च गरेको गुडनेभर ईन्टरनेस्नल नेपाल दार्चुलाका सयोजक नारायण प्रशाद चौधरी बताउनु भयो । यस्तै जिल्लाका भरिको शैक्षिक विकासमा अन्य संघसंस्थाहरुको पनि ध्यान जानु आवश्यक छ ।