सुनको मूल्य प्रतितोलामा तीन सय रुपैँयाले बढ्यो

३ बर्ष अघि

२0७७ पुष २२ बुधबार

सुनको मूल्य प्रतितोलामा तीन सय रुपैँयाले बढ्यो

पुष २२ काठमाडौं । बुधबार सुनको मूल्य तीन सय रुपैँयाले बढेको छ । आज सुनको मूल्यमा तीन सय रुपैँयाले बढेर तोलाको ९६ हजार ७ सय रुपैँया कायम रहेको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सुनको मूल्य ९६ हजार ४ सय रुपैँया थियो । त्यस्तै आज चाँदी पनि ५ रुपैँयाले बढेको छ । आज चाँदी ५ रुपैंया बढेर १३ सय ४० रुपैँया कायम भएको महासङ्घले जनाएको छ ।