भारतमा देखिएको बर्ड फ्लु नेपालमा प्रवेश गर्न नदिन नेपाल –भारत सीमा क्षेत्रमा कडाइ

३ बर्ष अघि

२0७७ पुष २२ बुधबार

भारतमा देखिएको बर्ड फ्लु नेपालमा प्रवेश गर्न नदिन नेपाल –भारत सीमा क्षेत्रमा कडाइ

काठमाडौ पौष २२ । भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संङ्क्रमण पुष्टि भएसँगै सरकारले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरेको छ । भारतबाट आउने मासुजन्य सबै वस्तुलाई नेपाल प्रवेश गर्न निषध गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । बर्ड फ्लु देखिएका भारतका विभिन्न राज्यबाट स्वस्थ पशुपंक्षीसमेत ल्याउन रोक लगाइएको मन्त्रालयका प्रवक्ता डाक्टर श्रीरा घिमिरेले जानकारी दिनुभयो । अनुसन्धानका लागि ल्याइने पशुपक्षीहरु भने सम्बन्धित निकायको प्रमाणिकरण हेरेर मात्रै नेपाल भित्रन दिइने उहाँको भनाइ छ । यस्तै भारतमा देखिएको बर्ड फ्लु नेपाल प्रवेश गर्न नदिन सरकारी अधिकारीहरु छलफमा जुटेका छन् । नेपामा संक्रमण भित्रिन नदिन के गर्ने भन्नेबारे छलफल सुरु भएको र आवश्यक निर्णय लिईने मन्त्रालयका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । नेपालमा बर्ड फ्लु भित्रिन नदिनेबारे दिउँसो २ बजे पशु सेवा विभागले पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी समेत गरेको छ । 
भारतका मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्ड फ्लुका कारण कुखुरा तथा पुशपंक्षी मरेको पुष्टि भएसँगै उच्च सतर्कता अपनाउन लागिएको हो । बर्ड फ्लु देखिएको भारतका विभिन्न राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाईएको छ । भारतको हिमाञ्चल प्रदेशको पोङ् ड्येम क्षेत्रमा मात्रै २४ सय भन्दा धेरै पंक्षी बर्ड फ्लुका कारण मरेको हिमाञ्चल प्रदेशका बर्ड फ्लु विशेषज्ञ डाक्टर विक्रम सिंहले बताउनुभएको छ ।