सर्लाहीमा मोटरसाइकल दुर्घटना , एकजनाको मृत्यु

३ बर्ष अघि

२0७७ पुष २२ बुधबार

सर्लाहीमा मोटरसाइकल दुर्घटना , एकजनाको मृत्यु

जनकपुरधाम, पुस २२  । सर्लाहीमा आफैंले चलाएको मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका वडानम्बर(२ बस्ने रामएकबाल राय यादव हुन् । यादवले चलाएको बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका(४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको हो । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरीले जनाएका छन् । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।