हिंसा न्युनिकरणमा प्रहरीको अगुवाई (फोटो फीचर)

६ बर्ष अघि

२0७५ श्रावण २१ सोमबार

हिंसा न्युनिकरणमा प्रहरीको अगुवाई (फोटो फीचर)

दृष्टीकोण समाचार, साउन २१ दार्चुला । महिला तथा बालबालिका माथिको हिंसा न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्ला सदरमुकाम खलंगा बजारमा जनचेतना मुलक कार्यक्रम गरेको छ । 
पछिल्लो समय देशका विभिन्न ठाउँमा भईरहेको महिला तथा बालिका बलत्कार देखि अन्य विभिन्न हिंसालाई न्युनिकरण गर्नका लागि देशै भर टोल—टोलमा प्रहरी कार्यक्रम अन्तरगत जनचेतना मुलक कार्यक्रम गर्न लागिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।


जिल्ला प्रहरी कार्यालयको आयोजनामा खलंगा बजारमा जनचेतना मुलक ¥याली निकालीएको छ । महिला हिंसा बन्द गर, मदिरा पीउने बानी त्यागौँ, जस्ता जनचेतना मुलक नारा लगाएर बजार परिक्रममा गरिएको छ । कार्यक्रममा तीनवटै सुरक्षा निकाय, सरकारी कार्यालय प्रमुख, दार्चुला बहुमुखी क्याम्पस, महेन्द्र नमुना मावि, महिला सञ्जाल लगायत सरोकारवालाहरुको सहभागिता रहेको छ । ¥याली पछि खुल्ला मञ्चमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षता र महाकाली नगरपालिका का उपप्रमुख सुना बोहराको प्रमुख आतिथ्यतमा औपचारिक कार्यक्रम गरी कार्यक्रम समापन गरिएको छ । 

फाेटाे फीचर