सुनको मूल्य प्रतितोलामा एक हजार एक सय रुपैँयाले बढ्यो  

३ बर्ष अघि

२0७७ पुष २१ मंगलवार

सुनको मूल्य प्रतितोलामा एक हजार एक सय रुपैँयाले बढ्यो  

काठमाडौँ पुष २१ । मंगलबार  सुनको मूल्यमा  एक हजार एक सय रुपैँयाले वृद्धि भएको छ । सुन आज प्रतितोला ९६ हजार ४०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । सोमबार  सुन प्रतितोला ९४ हजार ८००मा कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोवार भइरहेको छ ।