नेकपाले २४ गते गर्ने धनगढी जनसभाको तयारी तिब्र

३ बर्ष अघि

२0७७ पुष २१ मंगलवार

नेकपाले २४ गते गर्ने धनगढी जनसभाको तयारी तिब्र

धनगढी पौष २१ ।   नेकपा ओली समुहले २४ गते धनगढीमा गर्ने जनसभाको तयारी तिब्र पारेको छ । कार्यक्रमको तयारीको लागी नेकपा सुदुरपश्चिमका अध्यक्ष कर्ण थापाको संयोजकत्वमा २५ सय २५ जनाको मुल समिती बनाइएको छ । त्यस्तै ७ वटा उप(समिती बनाएर तयारी थालिएको छ । कार्यक्रमको तयारी कै लागी उक्त समुहमा रहेका सबै केन्द्रिय नेताहरु कैलाली पुगिसकेका छन् ।  नेकपाका सुदुरपश्चिम संयोजक एबम उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट ,नेकपा सुदुरपश्चिमका अध्यक्ष कर्ण थापा ,बनमन्त्री प्रेम आले , श्रममन्त्री गौरी शंकर चौधरी र सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना पनि धनगढी पुगिसकेका छन् । २४ गते प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रमको तयारी शुरु भएको छ, नेकपा केन्द्रिय सदस्य एबम सो कार्यक्रमका मिडिया संयोजक उदब भट्टराईले भने ,ु हरेक स्थानिय तहबाट ब्यापक जनताको सहभागिता गराउने तयारी गरिरहेका छौं,अहिले सबै स्थानिय तहहरुमा कार्यक्रमको लागी भेला बैठक जारी रहेका छन् । आफ्नो पक्षमा बलियो पार्टी भित्र जनमत देखाउन पनि सो समुहले गाउँ गाउँ सम्म प्रचार गरेको छ । पार्टी केन्द्र देखी नै दुई समुहमा बिभाजन भएपछि प्रधानमन्त्री ओलीले काठमान्डौ बाहिर गएर गर्ने पहिलो सम्बोधन भएकाले पनि उक्त समुहका नेताहरु उत्साहित बनेर लागेका छन् ।