बाँकेमा थप तीन संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ पुष २१ मंगलवार

बाँकेमा थप तीन संक्रमितको मृत्यु

बाँके पौष २१ ।  बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक बाँके, कञ्चनपुर र दाङका रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका( ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । पुस ९ गते अस्पतालमा भर्ना भएका उनको मंगलबार बिहान साढे १२ बजे मृत्यु भएको हो । यस्तै कोहलपुर मेडिकल कलेजमा आजै बिहान थप दुई संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरका ६० वर्षीय पुरुष र दाङका १३ वर्षीय बालकको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।