अमेरिकामा एकैदिन १ हजार ९८७ संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ पुष २१ मंगलवार

अमेरिकामा एकैदिन १ हजार ९८७ संक्रमितको मृत्यु

काठमाडौँ पौष २१ । अमेरिकामा एकैदिन १ हजार ९८७ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार १ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९० हजार १ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६ सय ५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड १३ लाख ५३ हजार ५१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २७ लाख ३६ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ८२ लाख ५४ हजार ४१६ जनामध्ये २९ हजार ५८२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।