सामुदायिक विद्यालय व्यवस्थापन समिति दार्चुलाको अध्यक्षमा धामी निर्वाचित

३ बर्ष अघि

२0७७ पुष २१ मंगलवार

सामुदायिक विद्यालय व्यवस्थापन समिति दार्चुलाको अध्यक्षमा धामी निर्वाचित

दृष्टिकोण समाचार पौष २१ दार्चुला । सामुदायिक विद्यालय व्यवस्थापन समिति दार्चुलाको अध्यक्षमा नौगाड गाउँपालिकाका युवा नेता गोबिन्द धामी निर्वाचित हुनुभएको छ । दार्चुला जिल्ला भरिका ४ सय ३ सामुदायिक विद्यालयको छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति दार्चुला जिल्लाको अध्यक्ष पदमा गोविन्द धामी चयन भएको हो । सोमबार अध्यक्ष धामीको नेतृत्वमा १२ सदस्यिय सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।