भारतमा थप १६ हजारमा संक्रमण

३ बर्ष अघि

२0७७ पुष २१ मंगलवार

भारतमा थप १६ हजारमा संक्रमण

काठमाडौँ पौष २१ । भारतमा थप १६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजार २७८ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख ५७ हजार ५ सय ६९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९९ लाख ७५ हजार ३ सय ४० जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ८ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार ८ सय ८६ पुगेको हो ।