सैनिक जवानकाे मृत्यु 

६ बर्ष अघि

२0७५ श्रावण २१ सोमबार

सैनिक जवानकाे मृत्यु 

दृष्टीकाेणा समाचार साउन २० गते , बैतडीमा ढुंगा लागेर  एक जना  सैनिक जवानको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका वडा नं.४ कपिण्न्ना जसमलाका ३० वर्षीय नारायणदत्त भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडिले जनाएकाे छ । 
गाउँ नजिकै रहेको पानीको मुहानमा पाइप जोडिरहेका बेला माथिबाट  खसेको ढुंगाले लागेर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडिका प्रवक्ता एवम् प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । अार्इतबार दिउँसो पौने १ बजे पानीको पाइप मर्मत गरिरहेका बेला मुहानमाथि रहेको भीरबाट एक्कासी खसेको ढुंगाले टाउकोमा लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । भट्ट नेपाली सेनाको चार नम्बर बाहिनी नेपालगञ्जमा कार्यरत थिए । भट्टको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडिमा राखिएको छ ।