५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट पूर्वप्रहरी पक्राउ

३ बर्ष अघि

२0७७ पुष २0 सोमबार

५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट पूर्वप्रहरी पक्राउ

काठमाडौँ पौष २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित झापाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाइन्सको १२ बजेर २५ मिनेटको उडानमा भद्रपुर जाने क्रममा झापा मेचीनगर २ का बद्रीहाङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुरक्षा जाँचको क्रममा राईको साथबाट ९ एमएम पेस्तोलमा लाग्ने गोली बरामद गरिएको एसएसपी राजेशनाथ बाँस्तोलाले बताए । राई प्रहरी सेवाबाट केही समयअघि अवकाश भएका नायब निरीक्षक सई भएको खुलेको छ । उनले प्रहरी ज्याकेट लगाएर ५० थान गोली लिएर हिँडेका थिए । विमानस्थलको आन्तरिक उडानतर्फ जाँच गर्दा दर्ज्यानी चिन्हसहित आरसी राई लेखेको प्रहरी ज्याकेटको खल्तीमा सर्ट मेशीन गन ९एसएमजी० र पेस्तोलमा प्रयोग हुने नाइन एमएमको गोली बरामद भएको हो ।  उनीमाथि थप अनुसन्धान भइरहेको एसएसपी बाँस्तोलाले बताउनु भयो  ।