बिग बाश लिग होबार्ट पराजित, सन्दीपले लिए एक विकेट

३ बर्ष अघि

२0७७ पुष २0 सोमबार

बिग बाश लिग होबार्ट पराजित, सन्दीपले लिए एक विकेट

 काठमाण्डौ पौष २० । अस्ट्रेलियाको बिग बाश क्रिकेट लिगमा नेपालका सन्दीप लामिछाने आबद्ध क्लब होबार्ट हरि​केन्स मेलबर्न स्टार्ससँग पराजित भएको छ ।  मेलबर्नले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको हरि​केन्सले ६ विकेट गुमाएर एक सय ७३ रन मात्रै बनाउन सक्यो । उसका लागि बेन म्याकडर्मोटले सर्वाधिक ९१ रन बनाए भने डविड मलनले २६ र पिटर ह्याण्सकम्बले २१ रनको योगदान गरे । बलिङतर्फ मेलबर्न स्टार्सका साम रेनबर्डले दुई विकेट लिँदा बिल्ली स्ट्यानलेक, एडम जम्पा र लियाम ह्याचरले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले मार्कस स्टोइनिसको अविजित ९७ रनको मद्दतमा एक सय ८३ रन बनाएको थियो । यो खेलमा सन्दीप लामिछानेले चार ओभरमा ३६ रन दिएर एक विकेट लिए । सन्दीपले आफ्नो पूर्वक्लबका कप्तान ग्लेन म्याक्सेललाई एल बी डब्ल्यूमा आउट गरेका हुन् । साथै नाथन इलीसले तीन तथा रिले मेरेडिथले दुई विकेट लिए । यो हारसँगै होबार्ट हरिकेन्स १८ अङ्कका साथ तेस्रो स्थानमा झरेको छ ।