सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढ्यो

३ बर्ष अघि

२0७७ पुष २0 सोमबार

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाण्डौ पौष २० । सुनको भाउ आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर रहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।