अमेरिकामा एकैदिन १ हजार ३८७ संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ पुष २0 सोमबार

अमेरिकामा एकैदिन १ हजार ३८७ संक्रमितको मृत्यु

काठमाडौँ पौष २० । अमेरिकामा एकैदिन १ हजार ३८७ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ६० हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ३३७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ११ लाख १३ हजार ५२८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २४ लाख ३६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ८३ लाख १६ हजार ४९२ जनामध्ये २९ हजार ३६४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।