नदीमा सौचालयको दिशापीसाप मिसाउनेको पाईप झिकियो

६ बर्ष अघि

२0७५ श्रावण २0 आईतवार

नदीमा सौचालयको दिशापीसाप मिसाउनेको पाईप झिकियो

सुलोचना महता, साउन २० दार्चुला । दार्चुला सदरमुकाम खलंगाको घाट बजारस्थित महाकाली नदिमा सौचालयको पाइप मिसाउने आधा दर्जन स्थानीयको सौचालयको पाईप नगरपालिकाले झिकिदिएको छ । घाँट बजारमा घर भएका अाधादर्जन स्थानीयहरुले अाफ्नाे घरकाे सौचालयको पाईप नदिमा मिसाएका हुन् । नगरपालिकामा साउन १८ गते जिल्ला भन्सार कार्यालयले पत्राचार गरेपछि नगरपालिका प्रतिनिधी, महाकाली नदि नियन्त्रण आयोजना प्रतिनिधी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी तथा सञ्चारकर्मीहरुको सहभागितामा पाईप झिकिएका हुन् ।

दार्चुला जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा भईसकेको अवस्थामा पनि दार्चुला जिल्ला सदरमुकाम महाकाली नगरपालिका वडा नम्बर ४ घाँटबजारका महाकाली नदी किनारका झण्डै सय घरधुरीहरुमा अझै पनि सौचालयको सेफ्टी ट्याङ्की छैन् । महाकाली नदीमा सौचालयको दिशापीसाप मिसाउने दार्चुलाका ती स्थानीयको बारेमा यो भन्दा पहिले पनि विभिन्न कार्वाही हुनु पर्ने सरोकारवालाहरुले माग गर्दै आएको भएपनि नगरपालिका कुनै कदम नचालेको प्रति स्थानीयले गुनासो गरेक छन् ।