पत्नी सीताको उपचार गर्न प्रचण्ड आज भारत जाँदै

३ बर्ष अघि

२0७७ पुष २0 सोमबार

पत्नी सीताको उपचार गर्न प्रचण्ड आज भारत जाँदै

काठमाडौँ पौष २० ।  पत्नी सीताको स्वास्थ्य थप जटिल बन्दै गएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप उपचार गराउन भारत जाने भएका छन् ।सीताको मुम्बईमा उपचार गराउन प्रचण्डले लिएर जान लागेको प्रचण्ड सचिवालयले जनाएको छ । आज ११ बजे सीतालाई लिएर प्रचण्ड मुम्बई जानेछन् ।
तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी सीतालाई थप उपचारका लागि मुम्बई लैजान लागेको हो । सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई जान लागेका हुन् ।