शुद्ध खानेपानी घरघरमा पुग्न थालेपछि स्थानीय खुसि, यो आर्थिक बर्षमा करिव २ सय धारा निर्माण 

३ बर्ष अघि

२0७७ पुष १९ आईतवार

शुद्ध खानेपानी घरघरमा पुग्न थालेपछि स्थानीय खुसि, यो आर्थिक बर्षमा करिव २ सय धारा निर्माण 

दृष्टिकोण समाचार पौष १९ दार्चुला ।  दार्चुला जिल्लाको मार्मा गाँउपालिकामा ग्रामिण क्षेत्रमा पनि घरघरमा खानेपानीको व्यवस्थापन हुन थालेकाले स्थानीय नागरिक खुसि हुन थालेका छन । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र मार्मा गाँउपलिकाको सहकार्यमा गाँउ गाँउ र टोलटोलमा खानेपानीको उचित व्यवस्थानमा काम गरिरहेकाले ग्रामिण क्षेत्रका नागरिक खुसि हुन थालेका हुन । हालै मात्र सम्पन्न थला खानेपानी आयोजनामा ८० धारा निमार्ण गरेका छन भने वडा नं. ३ को रिल बहुउदेश्यि खानेपानी आयोजनामा ७० धारा निर्माण तथा सार्वजनिक धाराहरु निमार्ण गरि दुर्गम बस्तिमा खानेपानी पुगाएकाले स्थानीयहरुमा खुसि छाएको छ । पहिलो घरभन्दा टाढा खोलाबाट पानी बोकेर खानु पर्ने बाध्यता थियो अहिले घरमै धारा बनेकाले शुद्ध खानेपानी पिउन सहज भएको स्थानीय कमल सिह धामीको बताउनु भयो । घरमा धारा बन्नु भन्दा पहिले सरसफाई गर्न तथा बालबच्चाहरुको सरसफईका लागि समेत समस्या हुने गरेकोमा अहिले  खानेपानी घरघरमा पुगेकाले समयको पनि बचत हुने गरेको र खेर जाने पनिलाई करेसाबारीमा हल्ने गरेको अर्का स्थानीय गणेश राज जोशीले बताउनु भयो । मार्मा क्षेत्रका नागरिकहरुले घरमा खानेपानी नहुदा खोला, ईनार तथा नदिमा गएर सरसफई गर्नुपर्ने बाध्यता थियो भने अहिले घरघरमा धारा बनिसकेकोले हिनावारी भएका बेला तथा अन्य समयमा पनि सरसफई गर्न सहज भएको मार्मा गाँउपालिकाका उपाध्यक्ष बागमती ठगुन्नाले बताउनु भयो । अवका दिनमा सरसफाई संगै खानेपानी धाराहरुको सरसफईमा पनि ध्यान दिन गाँउबासिहरुमा आग्रह समेत गरेका छन । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र मार्मा गाँउपलिकाको सहकार्यमा गाँउपालिकाको ६ वटै वडाहरुमा खानेपानी सरसफाई, तथा जिविकोपार्जनका क्षेत्रमा काम गरिरहेको छ । खानेपानीको क्षेत्रमा नभई आयआर्जन र सरसफाईका क्षेत्रमा पनि उदाहरणीय काम गरिरहेकाले अवका दिनमा अरु क्षेत्रमा काम गरिदिए गाँउको विकास हुने स्थानीइ कमलसिह धामीको भनाई छ ।