विदेशमा थप तीन कोरोना संक्रमित नेपालीको मृत्यु

३ बर्ष अघि

२0७७ पुष १९ आईतवार

विदेशमा थप तीन कोरोना संक्रमित नेपालीको मृत्यु

काठमाडौँ पौष १९ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए ले दिएको जानकारी अनुसार यो साता नेपालमा थप तीन नेपालीको मृत्यु भएको हो । एनआरएनका अनुसार युकेमा १ र पोर्चुगलमा २ जना नेपालीको मृत्यु भएको हो । योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १५ पुगेको छ । संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् ।