भारतमा थप २१ हजार जनामा कारोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ पुष १९ आईतवार

भारतमा थप २१ हजार जनामा कारोना संक्रमण पुष्टि

काठमाडौँ पुष १९ । भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार २ सय २२ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख २४ हजार ६ सय ३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९९ लाख २६ हजार ५ सय २७ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार ४ सय ७१ पुगेको छ ।