भेरी अस्पतालमा संक्रमित महिलाको मृत्यु

३ बर्ष अघि

२0७७ पुष १९ आईतवार

भेरी अस्पतालमा संक्रमित महिलाको मृत्यु

बाँके पुष १९ । बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमित महिलाको भएको छ । दाङ लमही नगरपालिका(८ कि ६५ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोभिड आईसीयूमा भर्ना भएकी उनलाई रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गरिए पनि मृत्यु भएको अस्पतालले जनाएको छ । जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’ बाँकेका अनुसार उनको मृत्यु भएसँगै बाँकेमा संक्रमणाबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।