दार्चुलामा लागू औषधि सहित एक युवक पक्राउ

३ बर्ष अघि

२0७७ पुष १८ शनिबार

दार्चुलामा लागू औषधि सहित एक युवक पक्राउ

दृष्टिकोण समाचार पाैष १८ दार्चुला । जिल्ला सदरमुकाम खलंगाबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन् । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वर्ष १९ का नवीन सिंह धामी लागु औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भास्कर चन्दले बताउनु भयो । उहाँका अनुसार धामीले भारतबाट लागु औषध नेपाल तारी रहेको अवस्थामा शनिबार दिउँसो तिर प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला सदमुकाम खलंगा बंगाबगड नजिकै महाकाली नदीमाथि भारतबाट लागु औषध तारिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्दले बताउनु भयो । ‘बंगाबगड नजिकै महाकाली नदीमाथि भारतबाट नेपाल तारिरहेको अवस्था हामीले फेला पारेका हौँ, उनको साथबाट हामी केही लागु औषध बरामद गरेका छौँ’ प्रहरी निरीक्षक चन्दले भन्नु भयो । युवक धामीको साथबाट भारतबाट तारेको १ सय १२ क्याप्सुल स्पास, दुई सिसि कोरेक्स बरामद गरिएको प्रहरी निरीक्षक चन्दको भनाई छ । नेपालबाट लागु औषध तार्ने व्यक्ति पक्राउ परेपनि भारततिरका व्यक्ति पक्राउ परेका छैनन् ।एक जनाले मात्रै महाकाली नदीमाथि लागु औषध ओसार पसार गर्न सकिने अवस्था नरहेकाले भारततिरबाट पनि सहयोग गर्ने व्यक्ति रहेकोे आशंका छ । एक जनाले मात्रै महाकाली नदीमाथि ओेसार पसार गर्न सकिने अवस्था छैन ।